रथ तान्ने क्रममा समाएका संस्कृति अभियानता रिहाईकालागि विभिन्न स्थानमा प्रदशन

156

काठमाडौं – ललितपुुरको रातो मछ्छेन्द्र नाथ रथ तान्ने क्रममा बिहिबार पक्राउ परेका सस्कृति युवा अभियानता रिहाई गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउ गरेको छ। सो क्रममा प्रहरीले धर्नाकारी युवाहरुलाई प्रहरीले तितरबितर गरेकाे थियाे ।

विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । स्थानीय सस्कृति अभियानता युवाहरुले बिहिबार पुल्चोकमा रहेको मच्छेन्द्रनाथको रथ जात्रा गर्न लाग्दा प्रशासनले अनुमति बिना जर्बजस्ती रथ तान्न रोक लगाउदा विवाद उत्पन्न पछि झडप भएको थियो ।

प्रहरीले झडपमा संलग्न भएका पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।

अभियानता तथा विभिन्न समुदाय आवद्द सस्थाले सोमबार काठमाडौंको असन, ललितपुरको मंगल बजार, कोकना, थिमी ,पाशुपत क्षेत्र, किर्तिपुर लगाएत स्थानमा हिरासतमा रहेका अभियानतालाइ रिहा गर्न माग गर्दै प्लेकार्ड सहित प्रदशन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here