बंगलादेशलाई चिनियाँ कम्पनीले एक लाख खोपको डोज सित्तैमा दिनेछ । खोप परीक्षणका लागि चीनले पाकिस्तानसँग पनि सम्झौता गरिसकेको छ र परीक्षण चलिरहेको छ ।
त्यसो त चीनको कुनै पनि खोप पूरै सफल भइसकेको छैन । खोपहरूको अन्तिम चरणको परीक्षण जारी छ तर त्यसअघि नै चीन विभिन्न देशलाई आफ्नो खेमामा पार्न कोशिश गरिरहेको छ । तर खोप सफल हुन तथा ठूलो मात्रामा उत्पादन गर्न चीनलाई धेरै समय लाग्न सक्छ ।
अमेरिकाले कोरोना खोपका विषयमा विश्व स्वास्थ्य संगठनका तर्फबाट बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनमा भाग नलिने बताएको अवस्थामा चीन महामारीपछिको विश्वमा शक्तिशाली देशका रूपमा देखापर्ने प्रबल सम्भावना छ ।


















