थप १०३९ संक्रमितसहित कुल कोरोना संक्रमित ५४ हजार नाघ्यो

86

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ।  ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here