काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।
सोमबार सुनको मूल्य आइतबारको तुलनामा ६ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
यसअघि आइतबार सुनको मूल्यप्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















