प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश सार्वजनिक

80

काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश- २०७७ सार्वजनिक गर्नुभएको छ । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७७ को Implementation Tracking Software समेत सोही अवसरमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने विचार व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सबैको साझा शत्रुको रुपमा कोभिड-१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here