संसारभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघ्यो

80

एजेन्सी – विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो ।

वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख निको भइसकेका छन् । ९ लाख ५० हजार संक्रमितमको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये २ लाख २ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ५२ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ ८४ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

ब्रजिलमा ४४ लाख र रुसमा १० लाख संक्रमित संख्या नाघेको छ । नेपालमा ५९ हजार संक्रमित संख्या नाघेको छ । जसमध्ये ३ सय ८३ जनाको निधन भएको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here