कांग्रेसका नेता सिंहले सरकार केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेकाे आरोप

235

काठमाडाैं  – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ ।

सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाउनुभएको हो । संविधान कार्यान्वयनको चरणमा भए पनि सरकारको रवैया केन्द्रीकृत प्रणालीमा जाने गरी अगाडि बढिरहेको उहाँले जनाउनुभयाे ।

संविधान दिवसकाे पूर्व सन्ध्यामा नेता सिंहले देश सङ्घीय संरचनामा गएर अहिले पालिका र प्रदेश सरकारहरु भए पनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्‍याइरहेको जनाउनुभयाे ।  नागरिकहरु कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उहाँले जनाउनुभयाे ।

महामारीका बेला गुर्नपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उहाँले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर नागरिककाे चित्त दुखाइरहेको जनाउनुभयाे ।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसकै अवसरमा नेता प्रकाशमान सिंहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गर्नुभएको छ ।

विसं १९७२ कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ साल असोज २ गते निधन भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here