सहयात्रा समृद्धिको यो कर्जा योजना उक्त समुहलाई आर्थिक उन्नतीसहित जिवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास भएको बैंकले बताएको हो ।
अर्कोतिर, हाल विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।
यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाई अधिकतम एक लाख र विद्यालय शिक्षकहरुलाई अधिकतम चार लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने भएको हो । सोही क्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाडांै उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाण पत्र हस्तान्तरण गरेको बैंकले जनाएको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यबसाय साथै काठमाडौ उपत्यका बाहिर क्रमशःलागु गर्दै जाने पनि बैंकको योजना छ ।
‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु सिकुन भन्ने अभिप्राय केन्द्रित छ । यस विषमताको घडीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामा र समस्या खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास बैंकको छ ।


















