भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडी कोरोनाबाट मृत्यु

83

नयाँदिल्ली- भारतका कोरोना संक्रमित केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ। उनको बुधबार एम्समा निधन भएको हो। उनी ६५ वर्षका थिए।

गत ११ सेप्टेम्बरमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी एम्समा भर्ना भएका थिए। उनले आफैंले ट्वीट गर्दै आफूमा संक्रमण भएको जानकारी दिएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन्। ‘ सुरेश अंगडी एक प्रतिबद्ध कार्यकर्ता थिए, जसले पार्टीलाई कर्नाटकमा मजबूत बनाउन कडा मिहिनेत गरेका थिए,’ मोदीले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here