काठमाडाैं – नेपाल बिधुत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङज्युको पुनः बाहालीको माग राख्दै गत असोज १ र २ गते गरिएकाे प्रदर्शनमा अभियन्ताहरूलाइ प्रहरीद्वारा अमानवीय ढंगबाट कुटपित भएकाे घटनाप्रति नेवाः विधार्थी युनियनकाे ध्यानकर्षण गराएकाे छ ।
युनियनले विज्ञप्ति निकाल्दै शान्तपूर्णरूपमा प्रर्दशनमा बुद्धनगरमा असाेज २ गते अभियन्ता मनिष मानवलाई निर्ममतापूर्वक लाठीचार्ज गरी रक्ताम्य हुने गरी घाइते बनाएकोप्रति विद्यार्थी युनियनले खेद प्रकट गर्दछु ।
सत्ताधारीबाट भएकाे यस्ताे कार्य अन्तन्त निन्दनीय छ । युनियन दोषिलाई नेपालको कानून बमोमिम कारवाही र पीडितकाे न्यायका निमित्त मानव अधिकारकर्मी समक्ष अपिल पनि गरिएकाे कुरा विज्ञप्तीमा जनाइएकाे छ ।


















