जाजरकोट – यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीको भनाइ रहेको खबर आजको समाचारपत्रले छापेको छ ।


















