कंगोमा सेनाले सुरु गर्‍यो कोर्ट अफ इन्क्वारी

93

काठमाडौं – कंगोमा शान्ति सेनामा खटिएका जवान र अधिकृतहरुबीच कुटपिट भएपछि नेपाली सेनाले यसबारे छानबिन गर्न कोर्ट अफ इन्क्वारी सुरु गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार शान्ति स्थापनार्थ कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरित भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि नियमानुसार कोर्ट अफ इन्क्वारी सुरु गरिएको हो।

सेनाले शान्ति स्थापना कार्यमा संलग्न नेपाली सेनाका सदस्यहरुमा उच्च स्तरको अनुशासन कायम राख्नको लागि नेपाली सेना प्रतिबद्ध रहेको पनि एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here