सुनको मूल्यमा गिरावट

92

काठमाडौं – सुनको मूल्य आइतबार सामान्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here