क्युआर कोड पेट्रोल पम्पमा राखी बिलिङ सफ्टवेयर निःशूल्क पाउने तरिका

83

काठमाडाैं – पेट्रोल पम्प व्यवसायीहरुले आफ्नो व्यवसायमा क्यूआर भुक्तानी राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाउने भएका छन् ।देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले क्युआर कोड राख्दा दैनिक कारोबार सजिलो बनाउन बिलिङ सफ्टवेयर पनि निशूल्क दिने भएको हो ।

यस सफ्टवेयरबाट आफ्नो सम्पूर्ण कारोबारका साथै आम्दानीको रियल टाइम जानकारी प्राप्त गर्न सकिने छ । पेट्रोल पम्प व्यसायीहरुले क्युआर कोड राख्न यहाँ क्लिक गरी फर्म भर्न सक्नेछन् ।  ईसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा अहिलेसम्म ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य बनेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here