हृदय रोगबाट बच्नु छ भने दही खाऔं

241

यस रिसर्च समूहले अध्ययन गर्नको लागि दुई किसिमका टोली बनाएका थिए । जसमा प्रयोग गरिएका व्यक्तिहरु हाई ब्लड प्रेशरबाट पीडित थिए । यस रिसर्चमा ५५ हजार ८ सय ९८ जना महिला सहभागीहरु राखिएको थियो । उनीहरुको उमेर ३० देखि ५५ वर्षसम्मको थियो । त्यस्तै, उनीहरुले सन् १९८०मा नर्सेज हेल्थ स्टडीको लागि आफ्ना नाम पनि लेखाएका थिए । उनीहरुको पनि यसमा मुल्यांकन गरिएको थियो । त्यतिबेला १८ हजार २ सय ३२ पुरुष सहभागी जनाएका थिए । उनीहरुको उमेर ४० देखि ७५ वर्षसम्मको थियो । उनीहरुले १९८६मा हेल्थ प्रफेशनल फलो अप स्टडी समेत सहभागीता जनाएका थिए ।

यस स्टडीको विस्तृत नतीजा आउँदा बढी दही खाने मानिसमा खतरा घटेको भेटिएको छ । स्टडीमा शामेल भएका प्रतियोगीमध्ये सातामा कम्तिमा दुर्इ पटक दही खाने गरेको छ । उनीहरुमा हृदयसँग जोडिएका रोगहरु राग्ने सम्भावना २० प्रतिशतसम्म कम भएकाे पत्ता लगाएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here