नेपाली सेनाको ७८ सदस्यीय टोली जुबा प्रस्थान

129

काठमाडौं – दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिरहेको नेपाली सेनाले ७८ सदस्यीय टोली आइतबार राति त्यस क्षेत्रमा पठाएको छ।

पुरानो टोलीको अवधि सकिएपछि उनीहरुको स्थानमा नयाँ ७८ जनालाई पठाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। दक्षिण सुडानमा खटिरहेको टोली सोमबार स्वदेश फर्कने छ।

उनीहरु एक वर्षे कार्यकाल पूरा गरेर फर्किन लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here