संसारभर २ करोड ४४ लाख संक्रमणमुक्त

81

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ५० लाख पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले सोमबार बिहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५० लाख  ७० हजार २ सय १८ जना  संक्रमित भएका छन्।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७४ लाख ४२ हजार ४ सय ७६ पुगेको छ। त्यस्तै भारतमा ६५ लाख ४९ हजार ३ सय ७३, ब्राजिलमा ४९ लाख १५ हजार २ सय ८९ र रुसमा १२ लाख ९ हजार ३९ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।   त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ३५ सय ८ सय ५३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ९ हजार ८ सय २०,  ब्राजिलमा १ लाख ४६ हजार ३ सय ५२, मेक्सीकोमा  ७८ हजार ८ सय ८०, बेलायतमा ४२ हजार ४ सय ४०, इटालीमा ३५ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ। विश्वभर दुई करोड ४४ लाख ६ हजार ८३ जना संक्रमणमुक्त भएका छन्।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४३ लाख ६१ हजार १ सय ८, अमेरिकामा २९ लाख ११ हजार ६ सय ९९, रुसमा ९ लाख  ७५ हजार ४ सय ८८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ८६ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६४ हजार ६९  जना संक्रमणमुक्त भएका छन् भने ५ सय ३५ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ६५ लाख ४९ हजार ३ सय ७३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १ हजार ७ सय ८२ पुगेको छ। भारतमा हालसम्म ५५ लाख ९ हजार ९ सय ६६ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख १४ हजार ६ सय १६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय १३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ६ सय ९० पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ८१ हजार ६ सय ५६ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ८ सय ५२ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १० हजार ५ सय ३० जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ३ सय ६४ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार ४ सय २ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ५८ रहेको छ। भुटानमा संक्रमितको संख्या २८३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २३० छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here