सुदूरपश्चिमको नाकाबाट सात व्यापार घाटा

194

कैलाली-लकडाउन अवधिमा सुदूरपश्चिमको एक मात्रै ठूलो नाकाबाट सात अर्बको व्यापार घाटा भएको छ। कोरोनाका कारण नाका बन्द भएपछि व्यापार घाटामा वृद्धि भएको हो।  प्रदेशको राजधानी धनगढीसँगै जोडिएको गौरीफन्टा नाकाबाट मात्रै चैत ११ गतेदेखि भदौ मसान्तसम्म ७ अर्बको व्यापार घाटा भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयको तथ्यांकअनुसार लकडाउनका बेला ९चैत ११० देखि भदौ मसान्तसम्म भारतबाट ७ अर्ब १२ करोड मूल्य बराबरको सामान आयात भएको छ।  सोही अवधिमा नेपालबाट १६ करोड ४८ लाखको सामान मात्रै निर्यात भएको छ । ‘यस नाकाको व्यापार घाटा ९० प्रतिशत हाराहारी हो। लकडाउनका कारण झन त्यो बढ्यो’ कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख परमानन्द जोशीले भने। ‘गत वर्ष ९६ प्रतिशत व्यापार घाटा भएको थियो।

यस नाकाबाट भारतबाट पेट्रोलियम पदार्थ सबैभन्दा बढी मूल्यमा आयात हुने गरेको छ। त्यसपछि दालमोठ, भुजिया र बिस्कुटको आयात बढी छ। त्यसपछि गहुँको पनि आयात हुने गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here