नेपाल आमाका महान तीन लाल : कृष्णलाल,गंगालाल र पुष्पलाल

391

—लोकनारायण सुवेदी 

नेपालका साहित्यकर्मीहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो र अबिस्मरणीय योगदान पु¥याएका छन् । शहीद बनेका छन् र जेलनेलको कठोर सजाय खाएका छन् । यसरी उनीहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अनन्त ऊर्जा र अक्षय प्रेरणा पनि दिएका छन् । अनि नेपाली समाजलाई निरन्तर मार्गदर्शन गर्ने अग्रणी योद्धा पनि बनेका छन्  । जहाँनियाँ एकतन्त्री राणा शासनको क्रुरतम सामन्ती ब्यवस्था भित्र त्यस्तै एकजना साहित्यकर्मी निस्केका थिए सुब्बा कृष्णलाल अधिकारी । उनको जन्म बिक्रम सम्वत १९४४ साल माघ २४ गते हालको रामेछाम जिल्ला कठजोर तिल्पुङ्ग गाउँमा भएको थियो । उहाँ माता इन्द्रकुमारी अधिकारी र पिता लक्ष्मणराज अधिकारीका महिला छोरा हुनुहुन्थ्यो । त्यतिबेला १३ बर्षकै उमेरमा उहाँको बिवाह रामेछापमै धर्मकुमारी सुवेदीसँग भएको थियो । यो दम्पत्तिका एक छोरा एक छोरी थिए । तर आफ्नी धर्मपत्नी धर्मकुमारीको वि.सं. १९७७ वैशाख २१ गते नै निधन भयो ।

कर कार्यालयका सुब्बाका जागिर खाएका कृष्णलालले  वि।सं। १९४६ तिर ‘मकैको खेती’ नामक पुस्तक लेख्न आरम्भ गरेर  वि।सं। १९७७ मा पूरा गर्नुभएको  थियो । ६० पानाको त्यो पुस्तक काठमाण्डौ, नक्साल भगवती छेउको पशुपति छापाखानामा १ हजारप्रति छापिएको थियो । त्यस पुस्तकको भूमिकामा साहित्यकार  कृष्णलालले उल्लेख गर्नु भएको ‘बेलायती कुकुर’ लाई बिश्वलाई साम्राज्यवादको जाँतो मुनि कजाउने तत्कालिन बृटिस समुदायलाई इंगित गरेको र पुस्तकमा “मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा’’ भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य गरेको अर्थ लगाएर  पुस्तकलाई प्रतिबन्ध गरेका थिए । उनीहरुले आफ्ना बृटिश मालिक र आफ्नो सांकेतिक  बिरोध आफ्नै एक कर्मचारीले गरेको कुरालाई अत्यन्तै गम्भीररुपमा लिएका थिए । स्मरण रहोस, त्यतिबेला  चन्द्र समशेरले रातो र भीम समशेरले कालो फ्रेस क्याप ९टोपी० लगाउने  गर्दथे । सुब्बा कृष्णलाल यो पुस्तक लेखे बापात वि।सं। १९७७ श्रावण ११मा पक्राउ पर्नु भयो । उहालाई ९ वर्षको जेल सजाय सुनाइयो ।

कृष्णलाल अधिकारी त्यस बखत कौशीला अड्डाका९आजको कर कार्यालय० सुब्बा पदमा आसीन हुनुहुन्थ्यो । राणाकालीन दरवारिया दाउपेचमा उहाँका बिरोधिहरूको समेत यस सजायमा ठूलै हात रहेको सन्देह  गरिन्छ । राणाकालीन समयमा ‘सुब्बा’ पद वास्तवमा निजामति सेवामा माथिल्लो दर्जाको सरकारी पद  मान्थ्यिो । राणाहरुलाई  आफ्नो मातहतमा काम गर्ने कर्मचारीबाटै  आफुहरूलाई होच्याउने काम भएकोले सुब्बा कृष्णलाललाई निकै नै  कडा सजाय दिइएको अनुमान सहजै गरिन्छ । उहाँका छापिएको १००० प्रति मध्ये ९ सय ९९ पुस्तक जलाइयो भनै १ प्रति पुस्तक अहिलेसम्म पनि फेला नपरेको बताइन्छ । उहाँलाई सजाय सुनाउँदा कूल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको९गुप्त तरीकाले बसेको० र चार बर्ष  १ प्रति पुस्तकको लागि तोकिएको थियो । उहाँको काराबास मै वि।सं। १९८० मा निधन भएको थियो । यसरी साहित्यकार सुब्बा कृष्णलाल नेपालको पहिला साहित्यिक शहीद हुन पुग्नु भएको थियो ।

यी शहीद सात्यिकारकै प्रभाव परेर त्यसपछिको पुस्ताका युगकबि सिद्धीचरण श्रेष्ठ, कबिशिरोमणी लेखनाथ पौडेल, महाकबि लक्ष्मीप्रसाद देबकोटा, उपन्यासकार हृदयचन्द्रसिंह प्रधान, साहित्यकार केदारमान ‘ब्यथित’ कबि चित्तधर हृदय, नाटककार बलाकृष्ण सम, नब जागरणका कबि धरणिधर कोइराला, सूर्यबिक्रम ज्ञवाली, भिमनिधि तिवारी, गोपाल प्रसाद रिमालहरु पनि साहित्यको क्षेत्रबाट निरंंकूश राणा शासनको बिरुद्ध अग्रसर भएका देखिन्छ । यद्यपि राणा कालमै आदिकबि भानुभक्तले पनि राणा प्रशासनको ढिलासुस्ती, घुसपेस र जनताप्रति अनुसत्तरदायी प्रबृत्तिको बिरोध गर्दै ‘भोली भोली हुँदैमा सब घर बितिगो’ ‘लामखुट्टे उपियाँ उडुस यी संगी छन्’ जस्ता कबिता लेखिसकेका थिए । पछि त लेखनाथ पौडेलले नेपाली समाज राणा शासनको क्रुर पिजडामा परेको अनुभूति गर्दै ‘पिजडाको सुगा’ नै लेखे  बालकृष्ण समशेर राणाले पछिल्लो शेर र राणा काटेर बाल कृष्ण ‘सम’ ले मात्र नेपाली साहित्यमा बिशिष्ठरुपमा देखा परे । गोपाल प्रसाद रिमाले क्रान्तिको आगमनलाई स्वागत गर्दै ‘आमा त्यो आउँछ र भन्ने प्रश्न उठाउदै आमाको मुखबाट ‘हो बाबु त्यो हुरी बतास भएर आउँछ’ भन्ने दृढ बिश्वास ब्यक्त गरे । निश्चय नै कृष्णलाललाई दिएको सजायले  राणा शासकहरु जनताको सानोतिनो बिरोधलाई पनि कसरी निर्मम तरीकाले कुल्चन्थे भन्ने कुरा एकातिर प्रष्ट हुन्थ्यो भने त्यसबाट जनताको आक्रोश अझ बढ्दै गएर त्यसले क्रान्तिको रुप धारणा गर्दथ्यो भन्ने कुरा ०७ सालको जन आन्दोलनले दर्शाउदछ ।

राणा शासन बिरोधी प्रातस्मरणीय अमर शहीद गंगालाल जो नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नेपाली जन  आन्दोलनका माक्र्सवादी ब्याख्याकार एबं मार्गदर्शक कमरेड पुष्पलालका सहोदर ठूल्दाजु हुनुुहुन्थ्यो, उहाँको जन्म पनि माता तुलसीकुमारी र पिता भक्तलालको जेठो छोराको रुपमा रामे छापमै भएको थियो । पिता भक्तलालले काठमाण्डौको क्षेत्रपाटीको आफ्नो पूख्र्यौली घर त्यागेर काठमाण्डौ कै यट्खाको छेउमा घर किनेपछि यूवा गंगालाल त्यही घरमा बस्दै आउनु भएको  थियो ।  यद्यपि पिता भक्तलाल कर कार्यालयको हाकिम रहेका बखत बिभिन्न ठाउँमा सरुवा हुँदै जाँदा गंगालालका महिला भाइ पुष्पलालको जन्म पनि रामेछाप कै भँगेरी गाउँमा भएको थियो । यसरी नेपालको राणा शासन बिरोधी प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरुमध्ये दुइजना नेता अमर शहीद गंगालाल र कमरेड पुष्पलाल तथा राणाशासन बिरोधी साहित्यसेवी कृष्णलालको जन्म पनि रामेछाप मै भएको यो महत्वपूर्ण संयोगले रामेछाप जिल्लालाई गौरबान्वित तुल्याएको छ । यद्यपि उहाँहरुको योगदान राष्ट्रिय महत्वको मात्र नभएर कतिपय क्षेत्रमा अन्तर्राष्ट्रि महत्वको पनि थियो र अद्यापि छ । तथापि उहाँहरुको अत्यन्तै महत्वपूर्ण योगदानको कदर र सम्मान पूरै देश र रामेछाप जिल्लाबासीले के कति गर्न सकेका छन् त्यो आज एउटा ठूलो लेखाजोखा र समीक्षा गर्नुपर्ने बिषय बनेकर रहेको छ । यसलाई आजको परिबर्तित राजनीतिक सन्दर्भमा अझ गम्भीररुपमा लिइनु पर्दछ ।

जे भए पनि रामेछापमा जन्मिएका नेपाल आमाका यी तीन ‘बीर लालहरु’ – सुब्बा कृष्णलाल, महान शहीद गंगालाल  र कमरेड पुष्पलाल एउटै आन्दोलनका  अग्रज सहयात्रीकोरुपमा यसरी परस्परमा जोडिन पुग्दछन् । नेपाली जन आन्दोलनका अजश्र प्रेरणा पुञ्ज बनेर १

ती महान अग्रजहरुले नेपाली जनता र राष्ट्रका निम्ति देखाएको सार्थक परिवर्तन, प्रगति र उच्च मानबीय प्रतिष्ठाको बाटोमा लाग्न, बिशेष गरी, उनीहरुको राष्ट्र र समाजप्रतिको योगदानको खोज अध्ययन र मनन  गर्न खाशगरी आजको यूवा समुदाय एकाकार हुन सके राष्ट्रका निम्ति त्यो ठूलो उपलब्धीपूर्ण ऊर्जा बन्ने देखिन्छ । त्यसमा पनि मुलुकको राजनीतिलाई नबीन धरातल प्रदान गर्ने र राष्ट्र र जनताको सम्पूर्ण मुक्तिको लागि मार्ग दर्शन गराउने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको बिशेष अध्ययन, मनन र चिन्तन गर्नु आजका यूवाहरुका निमित्त अझ बढी आबश्यक छ । किनकि यो मूलबाटो बाहेक नेपालको आमूल क्रान्तिकारी परिबर्तन र शतत प्रगतिको ढोका खोल्ने अरु कुनै बिकल्प आज छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here