नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

66

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिए।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ११ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here