दसैंमा अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह : स्वास्थ्य मन्त्रालय

153

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपालिको दसैंमा बुढापाकाबाट टिका नलगाउन आग्रह गरेको छ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुढापाकासँग टीका लगाउने क्रममा संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको जनाए।

उनले यो दसैंमा बुढापाकाबाट अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह गरेको छ। साथै, ठूलो भीडभाड गरेर टीका लगाउने वा खाने काम पनि नगर्न मन्त्रालयले आग्रह गरेको छ।  प्रवक्ता गौतमले यो दसैंमा धेरै भीडभाड गरेर किनमेल नगर्न भन्दै पुरानै लुगा लगाएर घरका सदस्यबीच मात्र दसैं मनाउनुपर्नेमा जोड दिए।

सरकारले दसैंमा उपत्यकाबाट बाहिरिने व्यक्तिबाट परिवार, छरछिमेक र गाउँमै संक्रमण फैलिने जोखिम रहेको बताउँदै आएको छ।  उपत्यका अहिले संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले यो दसैंमा उपत्यकाबाट मानिसहरूलाई बाहिर नजान अपील गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here