थप तीन तीन जना कोरोना संक्रमितको मृत्यु

50

काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका- ८, सुनसरीका ६२ वर्षीय महिला, सुनसरी, दुहवीका ६५ वर्षीय पुरुष र धनकुटाका ६१ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ।

दुहवीका पुरुषको आज बिहान ३:५० मृत्यु भएको थियो । यही १४ असोजमा अस्पताल भर्ना गरिएका उनलाई असोज १५ मा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

यस्तै आजै बिहान ६:४० मा निधन भएका धनकुटाका पुरुषलाई यही असोज १६ गते अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा असोज २० गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

उनलाई डाइबेटिज तथा हाइपरटेन्सन जस्ता दीर्घरोग रहेको पनि अस्पतालले जनाएको छ।

धरान-८ की महिलाको भने शनिबार बेलुका ८ बजे मृत्यु भएको हो। उनलाई यही असोज २२ गते अस्पताल भर्ना गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here