दशैंंको अवसरमा सानिमा ग्राहकका लागि छुट योजना सार्वजनिक

66

काठमाडौं – सानिमा बैंकले वडा दशैंंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु सार्वजनिक गरेको छ । सो क्रममा क्रममा बैंकले “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ ।  अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्युआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई First come first serve  को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ  । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।  सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here