उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै

137

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ ।

बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका  केही न्यायाधीश र अधिकृतमा  नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण संवैधानिक इजलास बस्न नसकेको हो ।

हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।

असोज पहिलो साता सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।  २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा  बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here