आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6

 

काठमाडौं ।  काठमाडौं महानगरपालिका-१२ टेकु मयलबारीस्थित सोही ठाउँ बस्ने भारत घर भएका ५० वर्षीय जावेद ठकुराई, २३ वर्षीय आयान आजाद र ५१ वर्षीय राजेश कुमार साहले संचालन गरेको पुरानो प्लास्टिकहरू राख्ने गोदामहरूमा सोमबार साँझ आगलागी हुँदा तीनै जनाको गरी करिब १४ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, चुरे गाउँपालिका-५ निङ्लाडीस्थित डोटी बडीकेदार गाउँपालिका-२ घर भएका ३५ वर्षीय दिपक बोहराले संचालन गरेको कालिज फर्ममा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा फर्म पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

झापा, बिर्तामोड नगरपालिका-१ स्थित टाईमलेस होटलको पार्किङ स्थलमा पार्किङ गरी राखेको डब्लु बि ७४ बिई ००९२ नम्बरको गाडी र बा.प्र.०१-०३३ च ६१३६ नम्बरको कारमा सोमबार दिउँसो आगलागी दुवै सवारी साधनको गरी करिब २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here