नेपालमा सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

77

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ।

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here