काेराेना संक्रमित उपत्यकामा २ हजार ४०२ पुग्याे

182
काठमाडाैं –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४  जनालाई  कोरोना संक्रमण देखिएको छ।

देशभर ४ हजार ३९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।

२४ घण्टामा ३ हजार ५२२  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here