संसारभर कोरोना संक्रमित संख्या ४ करोड नजिक

65

काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड ९५ लाख ७३ हजार संक्रमित भइसकेका छन् । जसमध्ये ११ लाख ९ हजारको मृत्यु भएको छ । २ करोड ९६ लाख संक्रमण मुक्त भएका छन् । ८८ लाख सक्रिय संक्रमित संख्या छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८२ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २३ हजारको मृत्यु भइसकेको छ ।
भारतमा ७४ लाख संक्रमितमध्ये एक लाख १३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५३ हजारको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here