सुरु भयाे दशैं आज घटस्थापना सामाजिक दुरी कायम गरी दशैं मनाउन विज्ञ सल्लाह

317

काठमाडौ – आज शनिबारदेखि यो वर्षको दशैंको घटस्थापना गरी दशैं मान्नेहरू दशैं मनाउन शुरू गर्ने भएका छन । कोरोनाभाइरस वैश्विक प्राणघाती महामारीबाट एकआपसलाई जोगाउन सामाजिक दुरी कायम गर्न यो वर्षको दशैं मनाउन हाम्रा स्वास्थ्य विज्ञहरूले विशेष सल्लाह दिएका छन । काठमाडौबाट घर फर्किनेहरूले गाउँ गएर दशैं मनाउने सोच कतिपयले त्यागिरहेका छन ।

सरूवा रोगका जानकारहरूले जो जहाँ बसोबास गरिरहेका छन त्यहीं दशै मनाउन आग्रह गरिरहेका छन । सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले यस्तो सल्लाह सार्वजनिक गरेका छन । भएसम्म यथास्थानमा रहँदा पनि टीका लगाउँदा भिडभाड नगरी बन्द कोठामा भन्दा खुला ठाउँमा बसेर सामाजिक दूरी कायम गरी साबुन पानीले हात धोई, सेनिटाइजरको प्रयोग गरेर स्वास्थ्य मापदण्ड पालना गरी दशैं मनाउनुपर्ने उनको सुझाउ छ ।

यसैगरी इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. जीडी ठाकुरले जनाए अनुसार मानिसले आफ्नो समुदाय र परिवारलाई जोगाउने चाहना नभए मेला पर्व मनाउने उद्देश्य सही हुँदैन । यो वर्ष कोरोना पराजित गर्न सकियो पछि धुमधामसँग दशैं मनाउन सकिने उनको बुझाइ छ । अहिले कोरोना लागेर बेड नपाएर रोगीको छटपटी बढिरहेका बेला कोरोना प्रसारमा सहयोग पु¥याउने काम दशैंको नाममा गर्न नहुने उनको कथन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here