काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । विगत ३ दिनयता सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइ स्थिर रहेको हो ।
यसैगरी छापावाल सुनको तोलामा ९४ हजार २०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य भने मंगलबार रु १० ले बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।