कृषिप्रधान देशमा कृषकका समस्या बुझेका छौ कम्युनिष्ट सरकार ?

100

– निमकान्त पाण्डे

देशमा कम्युनिष्ट पार्टीको लगभग दुईतिहाई बहुमतको सरकार छ , तर किसान र मजदुरहरुका समस्यातर्फ सरकारको ध्यान आकर्षण भएको पाईंदैन ।  हलो जोते सानो भइन्छ भन्ने मान्यतालाई स्थापित गर्न सरकार लागिपरेको महशुस भैरहेको छ । दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको सरकारलै यस्तै संस्कृतिको निर्माण गरिरहेको छ । फलस्वरूप हामी कृषिप्रति अनाकर्षित भयौं र हामीले कृषिलाई चिन्नै सकेनौं । उत्पादकत्व मात्र होइन, भइरहेको उत्पादन नै कम हुँदै हामी अरू देशको उत्पादन आयात गर्न बाध्य भैरहेका छौं ।

कोरोना भाइरसको बिश्वब्यापी संक्रमणले संसारका बिकसित देशहरुको अर्थतन्त्रमा समेत गम्भिर धक्का परेको छ । अझै कति बिकराल अवस्था आउने हो भन्ने कुराको अनुमान अहिल्यै गर्नु हतारो हुनेछ । कोरोना संक्रमणका सुरुका दिनहरुमा हामी नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढि भएका कारणबाट हामीलाई कोरोनाको संक्रमण त्यति सजिलै हुँदैन भन्ने अहंकारबाट हामीलाई पनि कोरोनाले तल झारिदिएको अवस्थामा हामी पुगेका छौं संक्रमणको दर र मृत्युको दरले हामीलाई पनि अरु देशहरुमा पिज्जाको प्रभाव जस्तै हाम्रोमा वाईवाई चाउचाउको प्रभाव त परेको हैन रु सोच्नु पर्ने बेला भएको छ ।

 रोजगारीका लागि संसारका बिभिन्न मुलुकहरुतिर पुगेका ४०–५० लाखको संख्यामा रह्का नेपाली युवाहरु स्वदेश फर्किने बाध्यात्मक अवस्था बनेको बेला नेपालको सरकारले त्यसलाई अवशरका रुपमा छोप्न सकेन । बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु स्वदेश फर्किए पछि उनीहरुलाई देशभित्र ब्यवस्थापन गर्नु नेपालको लागि ठूलो अवशर थियो ।

रोजगारीका लागि बिदेशिएका नेपाली युवाहरु  नेपालमै फर्केर आई पुग्नु भनेको देशको बिकासका लागि लागि राम्रो अवशर नै बनेको हो ।  बिकसित देशहरुमा पाउन नसकिने रोजगारी कृषि ब्यवशायका रुपमा हाम्रो देशमै बिद्यमान छ।

शक्तिशाली र आर्थिक रुपमा सम्पन्न देशहरुले जे गरिरहेका छन् त्यही सिको गरेर हामी समृद्दिको शिखर चुम्न सक्ने छैनौ ।   बैदेशिक रोजगारीमा गएका लाखौं युवाहरुले पसिना बगाएर आर्जन गरेको रेमिट्यान्सबाट धानिएको हाम्रो देशको जस्तो अर्थतंत्रलाई कोरोनाको प्रभाव अकल्पनीय हुने निश्चित छ । त्यसैले हामी समयमै सचेत बन्न जरुरी छ । सचेत बन्नु भनेको समयमै दीर्घकालीन योजना बनाएर तयारी अवस्थामा बस्ने हो ।

आकाश आवागमन सुरु हुनासाथ बिदेशिएका युवाहरु स्वदेश फर्किने क्रम पनि सुरु हुने आशा गरिएको थियो ।केही सिमित संख्यामा युवाहरु स्वदेश आईपुगेपछि उनीहरुलाई स्वदेशमै रोजगारीको अवशर देखाउन सकिएको भए कोरोना संक्रमणको प्रभाव धेरै नकारात्मक हुने अवस्था हामीले सामना गर्नु पर्ने थिएन । परन्तु सरकारले यसतर्पm कुनै सोचाई नै बनाएको पाईएन । स्वदेश फर्किएका युवाहरु बिदेश फर्किन थालेपछि बिदेशबाट आउन खुट्टा उचालेर बसेका युवाहरु पनि उतैतिर बस्न बाध्य भएका छन् ।

बिदेशबाट रोजगारी गुमाएर आउने युवाहरुका लागि योजना बनाउन सकएिन । हाम्रो देश कृषिप्रधान देश भएकाले कृषिलाई नै रोजगारको केन्द्रबिन्दु बनाएर अगाडि बढ्न आवश्यक थियो।  रोजगारी सृजनाका पूर्वाधारहरु तयार गर्नेतर्फ योजना बनाएर कार्यान्वयनतर्फ लागिहाल्न जरुरी छ । यस काममा ढिलो गर्नु भनेको एकैपटक आईपर्ने समस्याको चुनौती सामना गर्न सक्छु भनेर मूर्ख बुद्दि बनाएर बस्नु नै हो । तर सरकार यस्तै नै गरिरहेको छ ।

कोरोना संक्रमणपछि संसारभर खाद्यान्न संकट हुने निश्चित छ । हाम्रो देश कृषि उत्पादन बढाउन सक्ने हैसियतमा पनि छ ।  बिदेशबाट फर्किएका युवाहरुलाई कृषिकार्यमा आकर्षित गर्न सकियो र कृषि उत्पादन बढाएर निर्यात गर्न सकियो भने बिदेशी मुद्रा आर्जनको आधार तयार हुनेछ र यो नै युवाहरुको आकर्षणको केन्द्र पनि बन्ने छ । बिदेशमा सिकेको सिप आफ्नो देशमा उपयोग गर्न पाइयो र त्यसैबाट अम्दानी पनि गर्न सकियो भने त्यो जति आनन्ददायक अवशर युवाहरुका लागि अन्य केही पनि हुन सक्दैन ।

नेपालको कृषिको उत्पादकत्व क्षमता अहिले तुलनात्मक रूपमा निकै कम छ । यसलाई उन्नत बीउविजन र प्रविधि प्रयोग गरेर बढाउनु अहिलेको  आवश्यकता हो । हाम्रो भूमि नीतिमा ब्यापक सुधारको आवश्यकता छ । जोताहा किसानसँग भूमिको स्वामित्व छैन । त्यसैले हामीले कृषिको उत्पादकत्व बढाउन सबैभन्दा पहिले नीतिगत  सुधार गरेर कृषियोग्य जमिनमा जोताहा किसानको कानूनी हक स्थापित कसरी गराउने भन्ने कुरामा ध्यान पु¥याउन जरुरी छ ।

 नेपालमा कम्युनिष्ट पार्टीको सरकार भए पनि हालसम्म किसानहरुको समस्या पहिचान कसरी गर्ने भन्ने कुरामा खासै ध्यान दिईएको छैन । किसानका लागि जोत्ने जग्गा , उन्नत बिउ र कृषि मल प्राथमिकताका बिषय हुन् । त्यसपछि यन्त्र प्रयोगको कुरा आउँन सक्दछ । यन्त्र प्रयोग नगरी हामीले कृषिको उत्पादकत्व बढाउन सक्दैनौं ।  साना किसानलाई  समूहमा बिकसित गराएर सामुहिक कृषि प्रणालीको बिकास गरेर उत्पादन बढाउन सकिन्छ ।

सुरुमा थोरै जमिन हुने एक भूगोलका धेरै साना किसानको समूह निर्माण गरी जमिनको ठूलो चक्ला बनाई सरकारले अनुदानमा यन्त्र उपलब्ध गराउनुपर्छ । यसरी सामूहिक रूपले वा अलग्गै ठूलो स्केलमा उत्पादन सुरु गर्न सकियो भने हामीले उत्पादन बढाउन सकिने छ ।

हाल ठूलो संख्यामा जग्गा ओगटेर बसेका जग्गाधनीहरुलाई कृषि क्षेत्रको औद्योगिकरणतर्फ आकर्षित गराएर उनीहरुलाई ब्यवस्थापन गर्न जरुरी छ । कृषि बजारको ब्यवस्था, कृषि मल उत्पादन , कृषि यन्त्रहरुको उत्पादन आदि जस्ता उद्यमहरुमा जग्गाधनीहरुलाई लगाउनु पर्दछ ।

कृषियोग्य जमिनलाई प्लटिङ गरेर घर बनाउने कामले निकै महत्व पाएको वर्तमान अवस्थाको अन्त्य जतिसक्यो त्यति छिटो आवश्यक छ । जमिनको ठूलो हिस्सा घर बनाउन प्रयोग हुनु कृषि उत्पादनमा समस्या आउनुको पनि एउटा कारण हो । कृषिप्रधान देश भएकाले बढीभन्दा बढी जमिनको प्रयोग उत्पादन कार्यमा लगाउनु जरुरी छ । आगे झापा आन्दोलन र दशबर्षे जनयुद्दको फ्यूजनका नेतृत्वलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here