दशैँमा पनि आयोगको कार्यालय खुल्ने

57
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दशैँ विदामा पनि खुल्ने भएको छ । मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दशैं बिदामा १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहनेछन् । साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन सहसचिव टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here