जनता समाजवादीका केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय

63

काठमाडौं- जनता सममाजवादी पार्टीको असोज ३ र ४ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समिति सदस्यहरुको नाम टुंगो लगाएको छ। केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय छ।

डा बाबुराम भट्टराईले संघीय परिषद् अध्यक्ष बनाइएको छ। त्यस्तै, महन्थ ठाकुर र उपेन्द्र यादव भने केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।

अशोक कुमार राई र राजेन्द्र महतो वरिष्ठ नेता बनाइएका छन्।  जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य रहने पहिल्यै टुंगो लागिसकेको थियो।  बैठकले पाँच केन्द्रीय निकाय र प्रमुख तोकेको छ।

जसमा केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीम प्रसाद गौतम, केन्द्रीय विज्ञ परिषद् प्रमुखमा डा पुष्पराज राज कर्णिकार, केन्द्रीय अनुशासन आयोग प्रमुखमा लक्ष्मण लाल कर्ण, केन्द्रीय निर्वाचन आयोग प्रमुखमा अनिल कुमार झा र केन्द्रीय लेखापरिक्षण आयोग प्रमुखमा अमरेश नारायण झा छन्।

यी हुन् केन्द्रीय सदस्यहरू :

https://drive.google.com/u/0/uc?id=1R29JtHjIKi2IfCUHGi-IebpcUQjhrjTB&export=download

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here