श्रोताले निकै मन पराएको यस गीतमा ईशा कार्कीको स्वर तथा शब्द ,सङ्गीत रहेको छ । भिडियोमा चर्चित हास्य कलाकार पवन खतिवडा (म्याकुरी) र कन्चन खड्काको दमदार अभिनय देख्न सकिन्छ ।
राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई राम कुमार के सीले छायांकन गरेका छन् । मनोज विष्टको निर्देशन रहेको भिडियोमा फिल्म प्रविधिको प्रयोग गरिएको छ ।
रिकेश गुरुङले एरेन्ज गरेको गीतमा टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने उक्त गीतमा ह्याप्पी क्रियु र चार्मिङ ईन्टरटेनमेन्टका कलाकारले साथ दिएका छन् । यस भिडियोलाई एम .बी क्रियशनले दर्शक माझ ल्याएको छ ।













