सिरियाको इदलिब प्रान्तमा हवाई हमलामा मृत्यु हुने पचास नाघ्याे

110

ब्रिटेनस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेको संख्या ७८ सम्म पुगेको अनुमान छ । संगठनका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ । संगठनका अनुसार गत मार्च महिनामा युद्धविराम भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो ।  हिंसाका कारण त्यहाँबाट १० लाख मानिस बिस्थापित भएका छन् । युद्धविराम भएपछि भने मानिसहरु पलायन हुने क्रम रोकिएको थियो ।

सिरियामा नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । सिरियाको सरकार विरोधी र जेहादिहरुको कब्जामा रहेको इदलिब अन्तिम प्रान्त हो । राष्ट्रपति बसर अल असादको समर्थन गर्ने सुरक्षा बलले देशका अन्य क्षेत्रबाट विद्रोहीहरुलाई हटाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here