प्रधानमन्त्रीलाई पार्टी अलग बनाउन अर्का अध्यक्ष दाहालकाेे अनुराेध

85

काठमाडौं –सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग–अलग बनाउन आग्रह गरेको बताएका छन् । आइतबार खुमलटारमा आफुँ निकटका सचिवालय सदस्यहरुको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यूले अब सँगै जान सकिएन, अलग–अलग जाउँ भन्नुभयो’, प्रचण्डको भनाई उद्धत गर्दै एक नेताले भने, ‘स्थायी समितिको निर्णय मानेर अघि बढ्नुपर्छ, हामी पार्टी एकतालागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ ।’

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’को उपस्थिति थियो ।

अहिले दुई अध्यक्ष आगामी रणनीति बनाउन आ–आफ्नै निकटसँगको छलफलमा छन् ।

यसअघि आइतबार दिउसो ट्विट गर्दै पार्टी महासचिव विष्णु पौडेलले पार्टी गम्भीर संकट उन्मुख रहेको भन्दै एकता जोगाउन नेता कार्यकर्तालाई आग्रह गरेका थिए । उनले भनेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’

गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा समस्या देखिएसँगै नेकपाभित्रको विवाद चरमता तिर पुगेको हो । पछिल्लो समय केहि नियुक्तीहरु र कर्णाली विद्रोहको घटनाले विवाद गम्भिर रुपमा सतहमा देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here