अरिङ्गालकाे टोकाइबाट एक महिलाको ज्यान गयो

206

डोटी – डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

गोठालो गएकोबेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् ।

यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here