आज त्रिभुवन विश्वविद्यालय बन्द

582

काठमाडौं-आज बुधबार त्रिभुवन विश्वविद्यालय बन्द हुने भएको छ।

त्रिवि केन्द्रीय कार्यालयलगायत देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा आज बिदा दिइएको हो।

त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक डाक्टर राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको असोज ३० गते निधन भएको थियो। त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सामान्य प्रशासन महाशाखाले सूचना निकालेर आज एक दिन त्रिवि र देशैभरका आंगिक क्याम्पस बन्द रहने जानकारी गराएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here