यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पामार्टबाट अनलाइन किनमेल री कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५% (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।
बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा एकपटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्दछन् ।
ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट, यसको मोबाइल एप, बैंक वित्तिय संस्थाको मोबाइल÷इन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवेलगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् ।


















