रञ्चित चुक (चाेक) काे नयाँ ढंगबाट निर्माण सम्पन्न : नयाँ बर्षकाे शुभकामना आदानप्रदान

250

काठमाडौं—रञ्जित चुक पुचको आयोजनामा रञ्चित चुकको सुव्यवस्थित ढंगबाट निर्माण कार्य सम्पन्न भएको उपलक्ष्यमा नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहार, नेपाल सम्वत ११४१, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा कामपा २१ वडा अध्यक्ष उदय चुदामणी बज्राचार्यले पानसमा दिप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथिले स्थानीयहरु यसरी जारुगक भइ आफ्नो टोल चोक निर्माण सदा यसरी नै अग्रसर हुनु पर्ने जनाउँदै वडाका तर्पmबाट सामाजिक कार्यमा सक्दाे सहयोग गर्ने आश्वासन दिए ।

विषेश अतिथि मनिस मानवले रिदेन महर्जनकाे नेतृत्वमा रत्नराज्य लक्ष्मी क्याम्पसमा चलाएकाे नेपाल भाषा अभियान सफल भएकाे  छ । नेपालका राजनैतिक पार्टीहरू असफल भएकाे धारणा धारणा राख्दै सम्पूर्ण भाषिक, सम्पदा अभियन्ताहरू एक ढिक्का भइ राज्यद्वारा नेवार समुदायलाइ भइरहेकाे विभेद विरूद्व उभिनु पर्नेमा जाेड दिएका थिए ।

विषेश अतिथि माननीय प्रदेश ३ सामसद बिराज भक्त श्रेष्ठले नेपाली मौलिकताका आधारमा इतुम्बाहालका तुलनामा व्यवस्थित रुपमा चोक बनाउन सफल भएकोमा रञ्जित चुक पुचलाई शुभकामना दिए ।

विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले ‘स्थानीय युवाहरु स्थानीय सरकारसँग मिलेर चोक पुर्न निर्माण गर्ने दायित्य सबैको जनाउँदै काठमाडौं उपत्यकामा रहेका हरेक गल्ली सम्पदाहरुलाई लिभिंग म्यूजियम बनाउनु कामपाले विशेष पहल गर्नु पर्नेमा जोड दिए ।

नेवाः विद्यार्थी युनियका अध्यक्ष रिदेन महर्जनले राम्राे चित्तले गरेकाे शुभ कर्म जतिसुकै सानाे भएता पनि त्यसकाे मुल्य रहेको जनाउँदै चुक निर्माण कार्य उदाहणीय कार्य भएकाे प्रशंसा गर्दै यस्ता पुण्य कार्य सदा साथ दिने प्रतिवद्वता जनाए ।

चर्चित गायिका गंगा देवी महर्जनद्धारा समधुर राष्ट्रिय भावनाले भरिएको  ‘गुलि जक बांलागु जिगु नेपाः देय्’  नेपालभाषामा राष्ट्रिय गीत प्रस्तुत गरिएको कार्यक्रममा कवि इन्द्रमान महर्जन, मनिला वन्त श्रेष्ठ कविता वाचन तथा चर्चित गायक चन्द्र बहादुर श्रेष्ठ (माइला दाई)ले क्रन्तिकारी गीत समेत प्रस्तुत गरिएको कार्यक्रममा विशेष अतिथि नेपाल भाषा सेनामी गुरु मदनसेन बज्राचार्यले आफ्नो इतिहास नजानको खण्डमा गौरवता गर्ने ठाउँ नरहने जनाउँदै, आम नेपालीले नेपालको संस्कृति जान्न पर्ने औल्याउँदै भाषाको महत्व रहेकाे धारणा थिए ।

अतिथिका रूपमा पाल्नु भएका लाखे आजु ब्यवस्थापन समाजका सचिव राम रञ्जितले नेवार समुदाय भित्र रहेको रञ्जितको जातिका महत्व जनाउँदै अर्को बर्षमा जात्रा सञ्चालन भएको खण्डमा इन्द्रजात्रामा ल्याइने मजिपा लाखे रञ्जित चुकमा ल्याउने प्रतिवद्र्धता राखे ।

साथै नेपाल स्वयम् सेवक रक्त दाता समाज सचिव राजेस मानन्धरले सडक विस्तारको नाउमा नेवार समुदायलाई विकास नाउमा सडक विस्तार गरी विस्थापित योजना सरकारले ल्याएकाले अव सबै नेवारहरु एकै ठाउँमा उभिएर विरोध जनाउनु पर्ने बेला भएको जनाए ।

कार्यक्रममा  अतिथिका रूपमा वडा सदस्य कामनपा २१ न्हुछे देवी महर्जन, श्याम शाक्य, जागरूक युवा समाज कामपा २४ या सकृय सदस्य रितेश मल्ल, यादवलाल कायस्थ सम्पदा महाअभियन्ता सहभागिता जनाएका कार्यक्रममा महाकाव्यकार नेपाल भाषा पूनस्थापना अभियान्ता प्रशान्त डंगोलले कार्यक्रम सञ्चालन गरेकाे थियाे ।

कार्यक्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयाेगी हातहरूलाइ धन्यवाद दिदै सामाजिक कार्यमा अग्रशर भइ रहने खुलाशा गर्दै अब देश परिवर्तनका लागि गाउँ-गाउँबाट टाेल-टाेलबाट समाजमा रहेकाे  विसंगत विकृती विरूद्व देशकाे मुहार परिवर्तनका लागि नेपालीहरू उभिनु पर्ने दिन  अाएकाे जनाउदै  सभा अध्यक्ष सुमित रञ्जितले कार्यक्रमकाे समापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here