अष्ट्रेलियासँग पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित

174

एजेन्सी-भारत र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान एरण फिंच र स्टीवन स्मिथले सतक बनाएका थिए । एरण फिंच ११४ रन बनाएर आउट भएका थिए भने स्टीवन स्मिथ १०५ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिएका थिए ।

३७५ रनको विशाल लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो । भारतका लागि ब्याटिङ्गमा हार्दिक पांड्याले सर्वाधिक ९० रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा एडम जाम्पाले सर्वाधिक ४ विकेट लिएका थिए ।

जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय श्रृखलामा १ ० ले अग्रता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here