साहित्यकार लक्ष्मी श्रेष्ठको “तिम्रो सम्झनामा” को लोकार्पण

181

अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा कवि तथा साहित्यकार लक्ष्मी श्रेष्ठको दोस्रो कविता संग्रह “तिम्रो सम्झनामा” को भर्चुअल माध्यमवाट लोकार्पण गरिएको छ ।

कवि श्रेष्ठको पहिलो कृति “ढुकढुकीमा सुन्दरीजल “ को लोकार्पण पनि न्ययोर्क च्याप्टरलेनै ३ बर्ष अगाडि गरेको थियो । कोरोनाको कहरमा पनि अनेसास न्युयोर्क च्याप्टरले यस किसिमले भर्चुअल माध्यमवाट भएपनि साहित्य सम्बन्धि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सोहि च्याप्टरकी अध्यक्ष शकुन ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता अनेससका पूर्वअध्यक्ष तथा बोर्ड अफ ट्रस्टीजका अध्यक्ष एवं साहित्यकार गीता खत्रीले गरेकी थिइन् ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा बिशेष अतिथि बरिष्ठ साहित्यकार दामोदर पुडासैनीले कृतिको छोटो बिष्लेषण गरे । उनले यो कृति नोस्टालजियाको प्रमाण हो साथै गाह्रो र कठिन परिस्थितिमा लेखिने साहित्य नै राम्रो हुन्छ भन्दै कवि लक्ष्मी श्रेष्ठले सबैभन्दा कान्छो कृति जन्माएर नेपाली साहित्यलाई ठूलो गुन लगाएको बताए । उनले जन्मभूमी र कर्मभूमीलाई समेटिएर लेखिएको “तिम्रो सम्झनामा” कविता सँग्रह लोभलाग्दो र पठनीय रहेको छ भन्दै कृतिकारलाई बधाई तथा शुभकामना ब्यक्त समेत व्यक्त गरेका थिए ।

त्यस्तै “तिम्रो सम्झनामा“ को समीक्षा गर्दै समिक्षक तथा छन्द कवि रश्मि भट्टले यस कृतिमा जीवनका अन्तरङहरू छन्, जन्म र कर्मथलोका भोगाइका अनुभवहरू सरल र सुन्दर शैलीमा उतारिएका छन् साथै सरलतामा नै सुन्दरता पाइने भएकोले सबै कविताहरू उत्कृष्ट रहेको बताइन् । आफ्नो दिवंगत भाउजु अनुजा कुँवर राउतको सम्झनामा लेखिएको यस कृतिभित्र आफ्नो प्यारी भाउजुसंगको निकटता एउटा संयोग थियो र पछि बियोगान्तमा परिणत भएको कुराहरू दर्शाउनुको साथ साथै जीवनका भोगाईहरूलाई कविता मार्फत ब्यक्त गरिएका छन् भने देशमा भएका विकृतिहरूलाई ब्याङ्ग्य गरेको कुरा ब्यक्त गर्दै नारी स्रष्टा यसरी अगाडी आउनु गर्वको कुरा हो भन्दै लेखिकालाई उत्तरोत्तर प्रगतीको कामना गरिन् ।

शुभकामना दिने क्रममा साहित्यकार डा मधु माधुर्यले काव्य कृतिकार लक्ष्मी श्रेष्ठको यो कृति अनुपम रहेको र जीवनका आरोह(अबरोहलाई सम्बोधन गरेको कुरा बताउंदै बधाई ज्ञापन गरे।

त्यस्तै कवि तथा कलाकार नदिया लिवांगले ब्यस्तताको वाबजूत पनि कोरोनाको बिचमा ब्यस्त जीवनमा लेख्ने कवि भित्र नारी शसक्तिकरणले भरिएर कविता लेखिएको पाउँदा मेरो शरीरमा काँडा नै उत्पन्न गर्ने गरि लेखि रहने पौराणिक नामकी धनि कवि लक्ष्मी श्रेष्ठले कविता मार्फत समाजमा सचेतना दिन सफल भएकीमा बधाई र धन्यवाद दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गीता खत्रीले किताव देखाउॅदै पुस्तकबाट केहि कविताहरू पढेर गहन र सरल शब्दले लेखिएका कविता सॅग्रह नै भाउजुमा समर्पित गरिएको यो सॅग्रह सरल र सजिला शब्दको चयन गरेर लेख्न सक्ने लेखिकामा सरस्वतीको पनि बास भएर यो कोरोनाको बिचमा कविता सॅग्रह जन्मेको हो, भनिन् ।

च्याप्टरकी सचिव मेनुका पराजुलीज्यूले कोरोनाको कहरमा पनि नेपाली साहित्यमा केहि थप आयाम पुगोस् भन्ने कामनाका साथै स्वागत मनत्ब्य दिदै हार्दिक बधाई दिइन् ।

केन्द्रका महासचिव सर्वज्ञ वाग्लेले हाम्रो समाजमा नन्द भाउजुको त्यति मिलन नहुने गुनासो कतै कतै सुन्नमा आए पनि कवि लक्ष्मी श्रेष्ठ ज्युले आफ्नो भाउजुलाई समर्पित गरी कविता सॅग्रह नै “तिम्रो सम्झनामा” भनेर प्रवासमा ब्यस्तताका बावजूत पनि यसरी साहित्यमा लागि रहेकोमा बधाई दिए ।

च्याप्टरका पूर्व अध्यक्ष ज्योती पौड्याल ज्यु, पूनम काफ्ले, च्याप्टरका पूर्व अध्यक्ष हाल केन्द्रका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ ज्युले साहित्यमा बिरूवा रोप्ने काम अनबरत रूपमा रहिरहोस् भनेर कवि लक्ष्मी श्रेष्ठलाई शुभकामना दिए ।

शुभकामना दिने क्रममा च्याप्टरकी उपाध्यक्ष शान्ता अधिकारी घिमिरे, चाप्टरका महासचिव राजन महर्जन च्याप्टरकी कोषाध्यक्ष जानुका वस्ती ढकालले पनि कवि लक्ष्मी श्रेष्ठलाई आफ्नो छोटो मतव्यका साथै शुभकामना ब्यक्त गरेका थिए भने आमा गणेश कला पौड्यालले न्युयोर्कका सम्पूर्ण महिला लेखिकाहरूलाई हार्दिक शुभकामना ब्यक्त गरे ।

केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार गोबर्धन पूजाले कवि लक्ष्मी श्रेष्ठको “ एउटा डरलाग्दो सपना” शिर्षकको कविता वाचन गरी त्यहि कविता मार्फत शुभकामना ब्यक्त गरे। यसैक्रममा केन्द्रका सल्लाहकार राम खत्रीले पनि बधाई र शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा लक्ष्मी श्रेष्ठले आदरणीय स्व.भाउजु अनुजा कुँवर रावत संगको अबिष्मरणीय सम्झना को स्मरण सुनाएर उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै यो कृति जन्माउन अभिप्रेरित गर्ने माया, शुभकामना र आशिर्बाद दिनुहुने सम्पूर्ण शुभचिन्तकहरू र न्यूयोर्क च्याप्टरप्रति हार्दिक धन्यवाद साथै आभार ब्यक्त गरिन् ।

कोमल र मधूर स्वरकी धनी च्याप्टरकी अध्यक्ष साहित्यकार शकुन ज्ञवालीले शालीन प्रस्तुतिसॅगै कवि लक्ष्मी श्रेष्ठलाई बधाई र शुभकामनाका साथ कृतिको लोकार्पण सभा समापन गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here