प्रशान्त डंगाेल ताेेेेखा, काठमाडौं
छाता समाइ बाटो कुरि बसे पानी पर्लाकि भनेर
बसे छाता धल्काइ गार्गी उनको नभर्लाकि भनेर
सिकाए सल्बलाउन बिजय माला गास्न उनीलाई
आफुले आफैलाई उद्दार सुस्तरी गर्लाकि भनेर
संघर्ष बिना जीवन उठ्दैन बुझन प्रिय, त्यसैले
घिसारेर लतारी ल्याई जुनि उसै बित्लाकि भनेर
अनेक बितण्डाले गरिसके थाकेको छुइन अझै प्रिय
कोशीमा चुर्लुम्म फलाकेको जुनी तर्लाकि भनेर
सापत्ति लिन मिल्ने भए म लिइदिन्थे सुटुक्क
पिडा सात्न सेरे आफैलाई दुखः सर्लाकि भनेर
आफुले मातृत्व बुझाउन सकुंला नसकुला तर
कष्ट भुलेर हुर्काए सन्तान सत्ततबिज छर्लाकि भनेर


















