नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे १५ सय

209

काठमाडाैं – नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या साढे १५ सय पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएसंगै कुल मृतक संख्या १५ सय ५१ पुगेको छ। यो ०.६५ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज नेपालमा निको हुने दर ९२.७ प्रतिशत देखिएको छ। गत २४ घन्टामा २ हजार १ सय ११ जना संक्रमित निको भएपछी निकोहुने दरमा वृद्धि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो । यो संगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको २ लाख २० हजार २ सय ७२ पुगेको छ ।

नेपालमा गत २४ घन्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर गर्दा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पनि देखिएको छ । यो संगै कुल संक्रमित संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।  हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १५ हजार ७ सय ६६ रहेको छ । हाल सम्म १७ लाख ६३ हजार ९ सय १९ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।  हाल ५ ७६ जना क्वारेनटाइनमा रहेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here