नक्कली सवारी चालक अनुमति पत्र सहित व्यक्ति पक्राउ

70

काठमाडौं –  महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाईबाट विशेष सुचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले मंसिर २३ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमिमा जिल्ला सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका वडा नं. १२ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ बस्ने बर्ष २८ को आशिष गिरीलाई पक्राउ गरी निजले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नं. को हुण्डाई कम्पनिको क्ष्द्दण् कार तथा किर्ते गरी बनाईएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरी थप अनुसन्धान एवं आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाईएको छ ।

पक्राउ पर्ने ब्यक्तिस् जिल्ला सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नं. १२ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २८ को आशिष गिरी रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here