काठमाडौं, । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने भएको छ । भारतले यसअघि नै प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल भारतबीच सहमति भएपछि उडान शुरू हुने भएको हो ।
कोरोना महामारीका कारण नेपाल र भारतबीच २०७६ चैत ११ गतेबाट हवाई उडान बन्द छ । भारतले गत कात्तिकमा नै विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी नेपालसमक्ष ‘एयर ट्रान्सपोट बबल स्किम’ को प्रस्ताव गरे पनि नेपालले अस्वीकार गरेको थियो । सरकारले कोरोना संक्रमणका कारण बन्द गरेको अन्तरराष्ट्रिय उडान करीब ५ महीनापछि गत भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो भने असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारू गर्ने निर्णय गरेको थियो । त्यसपछि अन्तरराष्ट्रिय उडानहरू क्रमशः थपिँदै गए पनि भारतमा भने उडान शुरू भएको थिएन । एयर बबल स्किमअन्तर्गत हा�



