ओली नेतृत्वको सरकार ढल्ने चिन्ता मोहनविक्रम सिंहलाई किन ?

66

–हुकुमबहादुर सिंह

नेकपा (मसाल) का महामन्त्री क। मोहनविक्रम सिंहलाई किन हो केपी ओली प्रधानमन्त्रीबाट हट्ने हुन् कि भन्ने ठूलो चिन्ताले सताएको देखिन्छ । केपी ओलीको सरकारलाई समर्थन गर्ने कि विरोध गर्ने सवालमा उहाँको पार्टीभित्र चलेको अन्तरसंघर्षमा उहाँको विचारसंग मतभेद राख्ने केन्द्रीय सदस्यलगायत कैयौ पार्टी सदस्यहरुलाई कारवाही गरेका घटनाहरु बाहिर आएका छन् । यद्यपि उहाँले त्यसलाई पार्टी अनुशासन नमानेकाहरु भनेर भनिरहनु भएको छ ।

भनाइमा उहाँ कम्युनिस्टहरुमा दोहोरो मापदण्ड हुनुहुदैन भन्नुहुन्छ, तर केपी ओलीको सन्दर्भमा उहाँले लिएको नीति यहीभित्र पर्दछ । लेख वा वक्तव्यमा उहाँले नेकपा पार्र्टीको कुरा गर्नु भएको छ तर सारमा उहाँ नेकपाभन्दा केपीकै चिन्ता हो । केपीको पक्षधरता उहाँको पार्टी नीति बनेको छ । यदि केपी सरकारबाट हटेर अरु कुनै (माधव नेपाल, प्रचण्डआदि) को नेतृत्वमा सरकार बन्ने अवस्था आएमा उहाँ उक्त सरकारको विरुद्ध लाग्ने स्पष्ट छ ।

उहाँका हरेक वक्तब्यहरु र अभिव्यक्तिहरुबाट के स्पष्ट हुन्छ भने कतै नेकपा९नेकपा०मा विभाजन आयो भने उहाँको नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्ने सपनामाथि विराम लाग्ने छ । एकातिर उहाँको पार्टी नेकपा (मसाल) वर्तमान ओली सरकारका विरुद्ध २२ दलीय वामपन्थीहरुको मोर्चामा संलग्न छ र वेलावेलामा ओली सरकारका प्रतिगमनकारी कार्यहरुका विरुद्ध सडकमा उत्रिएको छ भने अर्कोतिर नेकपामा फूट भएमा त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा देखा पर्ने बताएर त्यसको स्थायित्वको कामना पनि गर्दै हुनुहुन्छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २ गते जारी गरिएको प्रेसवक्तव्यमा यस्तो अवधारणा व्यक्त गरिएको हो । वक्तब्यमा उहाँले भन्नु भएको छ–“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम प्रकारको अन्तरसङ्घर्षप्रति नेकपा (मसाल) ले गम्भीर चिन्ता प्रकट गर्दछ । हाम्रो चिन्ताको विषय त्यसद्वारा, अर्थात नेकपाको अन्तरसङ्घर्ष वा त्यसको परिणामस्वरूप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति नै हो । यदि नेकपाभित्रको अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फूट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहने छ । त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिँदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।

राजतन्त्रको कालभरी उहाँले नेपाली काँग्रेस (विपि) सँग तत्कालीन निरङकुश पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त आन्दोलन गर्दा राष्ट्रियता कमजोर हुने भन्दै क। पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशालाई विरोध र भण्डाफोर गर्दै आउनुमात्रै भएन , त्यसलाई आधार बनाएर क। पुष्पलालका विरुद्ध गद्दार पुष्पलाल नामको कितावसमेत लेखेर तत्कालीन समयमा निरङकुस राजतन्त्र  र पञ्चायती व्यवस्थाप्रति अप्रत्यक्ष सहयोग पुग्ने खालको काम गरेको इतिहास छ । २०३५÷०३६ सालको आन्दोलन, २०४६÷०४७ सालको आन्दोलनमात्रै नभई दशवर्षे जनयुद्ध तथा २०६२÷०६३ सालको संयुक्त जनआन्दोलनमा पनि गणतन्त्रको नारालाई कार्यनीतिक र रणनीतिक नारामा बाँडेर लामो समयसम्म गणतन्त्रको प्राप्तिलाई नकारात्मक असर पर्ने खालले निर्णयहरु गराउने काम गर्दै रहनु भयो । यी सबै काम उहाँले नेपाली जनवादी क्रान्तिको फाइदाका लागि गरेको दावी गर्न पनि छाड्नु भएन ।

२०४८सालको पहिलो संसदीय निर्वाचनलाई बहिष्कार गरेपछिका आजसम्मका हरेक संसदीय निर्वाचनमा तत्कालीन एमालेको सहयोग र समर्थनमा संसदीय निर्वाचनमा भाग दिंदै आउनु भएका क। सिंहले पहिलो संविधानसभाको होस् वा पछिको दोस्रो संविधानसभाको निर्वाचनमा एमालेकै पुच्छर समाएर अगाडि बढेको इतिहास छ । त्यसैले नेपका(एमाले) मूलतः केपी ओलीपक्षधरहरुसंग उहाँको आत्मियता गहिरो छ । यद्यपि वेलावेलामा उहाँका वक्तव्यहरु प्रकाशित भइरहन्छन् तर कुनैमा पनि केपी ओलीपक्षधरहरुसंगको आत्मियतालाई नकारात्मक असर पर्ने खालले हुँदैनन् । यो काम उहाँले बडो रकमी तरिकाले आफनो “क्रान्तिकारी छवी”मा असर नपर्ने गरी गर्दै आउनु हुन्छ ।

 सुरुमा विप्लव नेकपासंग पनि कार्यगत एकता थियो तर जव उक्त पार्टीले ओली सरकारका विरुद्ध मोर्चावन्दी गर्न थाल्यो, उहाँले चलाकीसँग संयुक्त एकताको नम्र्सबाहिर गएर विप्लव नेकपाका प्रतिनिधिले बोलेको भन्दै त्यसमा बसेर काम नगर्ने घोषणा गर्नु भयो । परिणाम उहाँको यो निर्णयबाट ओली पनि खुशी भए । ओलीका ससाना कुराहरुलाईृ लिएर उन्को प्रशंसा गर्न उहाँ पछि हट्नु भएन । तर उहाँका राष्ट्रियता जनततन्त्र र जनजीवीकाका सवालहरुमा उनले लिएको गलत कार्यका विरुद्ध बोल्न उहाँ आना कानी गर्नु हुन्छ ।

२२ दलीय मोर्चाले ओली सरकार एउटा राष्ट्रविरोधी, प्रतिगामी र प्रतिक्रियावादी सरकार हो भनिरहेका छन् उन्ले त्यहाँ सडकमा त्यसको समर्थन गर्ने तर त्यस्तो राष्ट्रविरोधी, प्रतिगामी र प्रतिक्रियावादी सरकार ढल्छ कि भनेर चिन्ता जाहेर गर्दै वक्तव्य निकाल्नु आफैमा दोहारो मापदण्ड भएन र रु सिंहले यतिसम्म तल झरेर वक्तव्यमा भन्नु हुन्छ कि यो सरकार देश र जनताका लागि जति दिन टिक्छ, त्यत्तिकै देश र जनताको अहीतमा छ भन्नेहरुलाई प्रतिगमनलाई स्वागत गर्ने र गणतन्त्र वा धर्म निरपेक्षतालाई खतम गर्न चाहनेहरुमा कित्ताकाट गरेको पाइन्छ । हेरौ उहाँके वकतव्यको एक अंश जसमा उहाँले भन्नु भएको छ –“ जुन तत्वहरूले गणतन्त्र वा धर्म निरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरू नेकपाभित्र देखा परेको अन्तरसङ्घर्षबाट प्रसन्न नै भइरहेका छन् र, उनीहरूले यो चाहन्छन् कि त्यो अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् । त्यो अवस्थामा यदि देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जान्छ भने त्यसलाई उनीहरूले स्वागत नै गर्ने छन् र, नेकपाको सरकारलाई अपदस्थ गराउन जोड दिनुका पछाडिको उनीहरूको मुख्य उद्देश्य पनि त्यही हो ।”

यसरी उहाँले माक्र्सवादी दृष्टिकोणलाई गलत अर्थमा उपयोग गरेको पाइन्छ । ओली सरकारलाई हेर्ने मोहनविक्रमको माक्र्सवादी दृष्टिकोणले नभई मनोगतवादी दृष्टिकोण हो भन्ने स्पष्ट हुन्छ । क्रान्तिकारीहरुलाई भ्रममा राखिरहन उहाँ यो भन्न पनि छाड्नु भएको छैन र भन्नुहुन्छ –“ तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको एकता कम्युनिस्ट एकता थिएन र त्यो एकताद्वारा एकीकृत कम्युनिस्ट पार्र्टीको निर्माण पनि भएको थिएन ।” अनि भन्नुहुन्छ तर ओली सरकार टिक्नु पर्छ । यो कस्तो क्रान्तिकारिता हो ?

 उहाँ उक्त वब्तव्यमा थप भन्नुहुन्छ–“उनीहरूको एकताप्रति त्यस प्रकारको सकारात्मक दृष्टिकोण अपनाउनुको अर्थ हामीले उनीहरूलाई वा उनीहरूको सरकारलाई पुरै समर्थन गर्दछौँ भन्ने होइन । उनीहरूप्रतिको समर्थन विरोध र सङ्घर्षका बीचको समर्थन हो । उनीहरूका सबै गलत नीति र कार्यशैलीको हामीले दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छौँ र विरोध गर्दै जाने छौँ । उनीहरूको त्यस प्रकारका नीतिका विरुद्ध हामीले आफ्नो स्वतन्त्र पहलकदमीमा सङ्घर्ष गर्नुका साथै अन्य पक्षसित पनि समान समझदारीका आधारमा विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ र, आउने दिनमा पनि त्यस प्रकारको नीतिलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुने छ ।”

यी सबै तथ्यहरुबाट प्रष्ट छ कि उहाँका उल्लेखित भनाइहरु आफैमा बाझिएका छन् र विवादित छन् । एउटा आफूलाई नयाँ जनवादी क्रान्तिको नेता भन्नेबाट यसरी संसद र संसदीय व्यवस्थाका पक्षधरहरुको पक्षमा ओकालत गर्दै वक्तब्य दिनु आफैमा प्रतिक्रान्तिकारी काम हो । एउटा क्रान्तिकारी कम्युनिस्टका लागि वर्तमान संसद र संसदीय व्यवस्थाको भण्डाफोर गर्दै नयाँ जनवादी र समाजवादी क्रान्तिको तयारीयतर्फको मार्ग अनिवार्य सर्त हो ।

अहिले सरकारको नेतृत्व गरिरहेका ओली राष्ट्रीयता, जनतन्त्र र जनजीवीका विरोधी प्रधानमन्त्री बनेका छन् तर ओलीजस्ता कम्युनिस्टको नाममा कम्युनिस्ट विरोधीहरुको सरकार ढल्छ कि भन्ने चिन्ता नेकपा९मसाल०का महामन्त्री मोहनविक्रम सिंहलाई हुनु भनेको सिद्धान्त, विचार र राजनीति एकातिर, व्यवहार र कार्यशैली संसद र संसदवादतिर भएर नै मोहनविक्रम सिंहका निम्ति केपी ओलीको सरकार ढल्ने चिन्ता हुन गएको हो कि ? अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here