छ क्युनटल २५ केजी किवि फलफूल बरामद

48

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गल्लामंडीबाट छ क्युनटल २५ केजी किवि फलफूल बरामद गरेको छ।

भारतबाट अबैध रूपमा नेपाल भित्रियाइएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

पच्चीस वटा बोरामा रहेको उक्त किवि प्रति बोरा २५ केजीको दरले छ क्युनटल २५ केजी रहेको जस्को अनुमानित मूल्य तीन लाख १२ हजार पाचसय रुपया राखेर आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here