संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने

30

काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको जनाउनुभएको छ।

बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको सरकार बनेको जनाउनुभएको हो।

उहाँले गत निर्वाचनको परिणाम अनुरूपको संसद् नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गर्नुभयो।  उहाँले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयक समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको जनाउनु भयो।

उहाँले कांग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने जनाउनु भयो।

उहाँले अर्थतन्त्रको गतिशीलतामा रोक लगाउने खालका कुनै पनि विधेयक संसदमा नलैजाने जनाउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here