काँग्रेसद्वारा देशभर प्रदर्शन

76

काठमाडौं । नेपाली काँग्रेसले हिजाे देशभर प्रदर्शन गरेको छ । सरकारविरुद्धको प्रदर्शनमा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रह्यो ।

कोरोना भाइरसको जोखिमबीच पनि काँग्रेसले सडक प्रदर्शन गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उदघाटन गर्ने क्रममा अवरोध गरी प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा ओर्लिने अवस्था बनेको हो ।

प्रमुख प्रतिपक्षी काँग्रेसमाथि संसद र सडक दुवैमा निरिह रुपमा प्रस्तुत भएको भन्दै आलोचना भइरहँदा उसले विरोध प्रदर्शन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here